Home अर्थ/वाणिज्य अडलट कारोबार नगराउन नेप्सेको निर्देशन

अडलट कारोबार नगराउन नेप्सेको निर्देशन

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अडलट कारोबार नगराउन निर्देशन दिएको छ। नेप्सेले ब्रोकर तथा सरोकारवाला पक्षहरुलाई निर्देशन दिनै अडलट कारोबार नगर्न/ नगराउन निर्देशन दिएको हो। धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा कारोबार इकाइभन्दा कम परिमाणको धितोपत्र अडलट हुने र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिनेछ तर कारोबार इकाइ वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनिले त्यस्तो धितोपत्रको अडलट बिक्री गर्न पाइने छैन’ भन्ने उल्लेख रहेको छ।

धितोपत्र कारोबार सम्बन्धमा उल्लेखित कानूनी व्यवस्था तथा प्रचलित कानून बमोजिम मात्रै कारोबार गर्न नेप्सेले ब्रोकरलाई निर्देशिन दिएको हो।नेप्सेको निर्देशन अनुसार अब शेयरधनीसंग १० कित्ता भन्दा बढी शेयर भएमा अडलटमा बिक्री गर्न पाउनेछैनन्।ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रणालीबाट अनलाइन तथा अफलाईन मार्फत समेत अडलटमा कारोबार नगर्न/नगराउन नेप्सेले निर्देशन दिएको छ। मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com