Home अर्थ/वाणिज्य सुनको भाउमा उच्च वृद्धि, एकैदिन तोलामा एक हजार ४०० रुपैयाँले बढ्यो

सुनको भाउमा उच्च वृद्धि, एकैदिन तोलामा एक हजार ४०० रुपैयाँले बढ्यो

by ईलालटिन
0 comment

काठमाण्डौँ । बिहीबार सुनको भाउमा उच्च बढोत्तरी भएको छ । वैशाख २२ गते, सुन तोलामा नै एक हजार ४०० रुपैयाँले बढेको छ । आज चाँदीको पनि मूल्य वृद्धि हुँदा प्रतितोला एक हजार ३०५ रुपैयाँमा पुगेको छ ।यस दिन छापावाल सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो कारोबार दिन भने सुनको भाउ स्थिर रहेको थियो । सो दिन सुन मंगलबारकै कारोबार मूल्य अर्थात् ९७ हजार २०० रुपैयाँ कायम भएको थियो । त्यसअघि लगातार तीन दिन सुनको मूल्य घटेको थियो ।बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले उकालो लागेको छ । बुधबार स्थिर रहेको चाँदीको भाउ आज प्रतितोला एक हजार ३०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com