Home समाचार भरतपुरमा कांग्रेसका बागी मिलाउन गृहमन्त्री खाणको दौडधुप

भरतपुरमा कांग्रेसका बागी मिलाउन गृहमन्त्री खाणको दौडधुप

by ईलालटिन
0 comment

भरतपुर । पार्टी भित्रको असन्तुष्ट समूहलाई मिलाउन चितवन आइपुगेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पूर्वजिल्ला सभापति कृष्णलाल श्रेष्ठलाई भेटेका छन्। सापकोटाको निवास बेलचोकमा पुगेर उनले भेट गरेका हुन्। भेटमा खाणले पार्टीको निर्णयलाई सहयोग गरिदिन आग्रह गरेका थिए। सापकोटा भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई लिइएकोमा असन्तुष्ट छन्। सापकोटा निवासमा अर्का पुराना नेता भीमबहादुर श्रेष्ठ पनि थिए। खाणले उनीहरूलाई स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई सम्झाइदिन आग्रह गरेका थिए।

कृष्णलाल सापकोटालाई भेटेपछि खाण कृष्णपुरमा रहेको मेयरका उम्मेदवार जगन्नाथ पौडेलाई भेट्दैछन्। उनले पौडेललाई उनकै निवासमा भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। पौडेललाई फकाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि भरतपुर आइपुगेका छन्। अहिले पौडेल निवासमा छलफल चलिरहेको छ। पौडेललाई उम्मेदवारी फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले आग्रह गरेका छन्। भरतपुरको मेयरमा गठबन्धनले माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ। यसप्रति असन्तुष्ट रहेको कांग्रेसको समूहको नेतृत्व गर्दै जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com