डडेलधुरा । नेपाली काँग्रेसले साधारण सदस्यबाट निष्कासन गरेपछि डडेलधुरा काँग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् । मंगलबार पार्टीबाट निस्कासनमा परेका मल्लले डडेलधुरामा विहीबार पत्रकार सम्मेलन गरी प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् ।
‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिँदैन । आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यमबाट घोषणा गर्दछु , उनले भने । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।