Home समाचार ‘पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषय फरक हुन थाल्यो’

‘पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषय फरक हुन थाल्यो’

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ । आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलगायत सरोकार भएका निकायकाबीच छलफल सुरु गरेको छ । आकाशीय ग्रह गति र पात्रोमा राखिने समयको सिद्धान्त पत्ता लगाएर त्यसलाई क्रियात्मक रुप दिन लागिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

यसका लागि वेदशालाको स्थापना -गर्न पनि मन्त्रालयसँग माग गरिएको उनले सुनाए। आकाशीय ग्रह र गणित एकै रथका दुई पाङ्ग्रा भएकाले अध्ययन अनुसन्धानका लागि वेदशाला अत्यावश्यक भएको समितिको भनाइ छ । आकाशमा जस्तो ग्रह गति छ गणितमा दुरुस्त उतार्न अनुसन्धानमा ढिलाइ भइसकेको छ । अनुसन्धानबाट गणितमा के सुधार गरिनुपर्छ भन्ने प्रष्ट हुने भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com