Home अर्थ/वाणिज्य नौ महिनामा ४४ अर्ब बढी राजस्व उठाएको बस्तु आयातमा सरकारको रोक

नौ महिनामा ४४ अर्ब बढी राजस्व उठाएको बस्तु आयातमा सरकारको रोक

by ईलालटिन
0 comment

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ९ महिनामा आयात वापत ४४ अर्ब बढी राजस्व उठाएको १० बस्तुको आयातमा प्रतिबन्घ लगाएको छ। उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मदिरा देखि ताससम्ममा आयात प्रतिबन्ध लगाएको हो। उच्च आयातको कारण विदेशी मुद्रा सञ्चिति घट्दै गए पछि सरकारले आयात घटाउन विलासिताका बस्तुहरुको आयातमा रोक लगाएको हो।

सरकारले कुरकुरे,कुरमुरे,लेज र त्यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक)हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)मोबाइल सेट,३२ इञ्चभन्दा माथिका रंगिन टेलिभिजन,जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक),२५० सीसीभन्दा माथिका मोटरसाइकल,सबै प्रकारका खेलौनाहरु र खेल्ने तासको आयातमा प्रतिबन्ध लगाएको हो।

चालु आर्थिक वर्षको १० महिनामा यी १० बस्तुहरु ५७अर्ब ९२ करोड ७३ लाख रुपैयाँको आयात भएको भन्सार विभागको तथ्याँकले देखाउछ। यो भनेको मासिक ६ अर्ब ४३ करोड रुपैयाँ हो। सरकारले यी १० बस्तुको आयात रोक्दा मासिक ६ अर्ब रुपैयाँभन्दा धेरैको आयात घट्नेछ। यस अवधिमा ५८ करोड ७६ लाख रुपैयाँको कुरकुरे, कुरमुरे, लेज र चिजबल आयात भएको छ। यस्तै १९ करोड ५५ लाख रुपैयाँको खेल्ने तास आयात भएको विभागको तथ्याँकले देखाउँछ। यसैगरी ७१ करोड ७९ लाख रुपैयाँको खेलौना आयात भएको छ। भने १ अर्ब १४ करोड ६५ लाख रुपैयाँको मोटरसाइकल आयात भएको छ।

यो सरकारले हाल रोक लगाएका २०० सिसिभन्दा माथिका मोटरसाइकल मात्रै हुन्।सरकारले रोक लगाएका जिप,कार भ्यान गरी १३ अर्ब ८६ करोड रुपैयाँको आयात भएको विभागको तथ्याँकले देखाएको छ। ३२ इन्चभन्दा बढीका कलर टिभी २ अर्ब ६७ करोड ८९ लाख रुपैयाँको आयात भएको छ। ३४ अर्ब ९७ करोड ९७ लाख रुपैयाँको मोबाइल फोन आयात भएको छ। -चैतसम्ममा ११ करोड ६८ लाख रुपैयाँको सुर्तिजन्य बस्तु,आयात भएको छ भने १ अर्ब ४९ करोड ७२ लाख रुपैयाँको मदिरा आयात भएको छ।

यी बस्तुहरुको आयातबारे सरकारले ९ महिनामा ४४ अर्ब ८ करोड ५४ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो भनेको मासिक ४ अर्ब ८९ करोड रुपैयाँ हो। सरकारले यी बस्तुको आयातमा प्रतिबन्ध लगाउदा सरकारको आम्दानीमा पनि कमी आउने भएको छ। मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com