पर्वत । पर्वतमा तीन दलीय गठबन्धनबिचको भागबन्डा मिलेको छ । धेरै दिनको छलफल पश्चात् हिजो शनिवार नेपाली काँग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादी दल छलफलको निष्कर्षमा पुगेका हुन् ।
जिल्लामा दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेका छन् । ती मध्ये एक गाउँपालिका बाहेक सबै पालिकामा नेपाली काँग्रेसले नगर प्रमुख र गाउँपालिका अध्यक्षको रूपमा आफ्नो उम्मेदवार उठाउने भएको छ ।
कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा नेपाली काँग्रेसले नगर प्रमुख र नेकपा माओवादीले उप–प्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।
त्यसतै मोदी गाउँपालिकामा नेकपा माओवादीले अध्यक्ष र नेपाली काँग्रेसले उपाध्यक्ष, महाशिला गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र एकीकृत समाजवादीले उपाध्यक्ष, बिहादी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष, नेकपा माओवादीले उपाध्यक्षमा उम्मेदवारी दिने सहमति भएको नेपाली काँग्रेसका प्रवक्ता अच्युत तिवारीले जानकारी दिएका छन् ।
उनका अनुसार पैयुँ गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसले नै राख्ने सहमति भएको छ ।