Home समाचार हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा

हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा

by ईलालटिन
0 comment

सोलुखुम्बु ।  नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान– २०२२’ को टोलीहरू चारवटा हिमालका आधार शिविरमा पुगेका छन् । यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ ।

 सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजङ्घामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएको छ ।

‘बेस क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्’ जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ । हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com