Home फोटो फिचर आन्तरिक उडानको भाडादर बढ्ने, नेपाली र विदेशीलाई समान !

आन्तरिक उडानको भाडादर बढ्ने, नेपाली र विदेशीलाई समान !

by ईलालटिन
0 comment

काठमाडौं। नेपाली नागरिकले आन्तरिक उडानमा महँगो भाडा तिर्नुपर्ने भएको छ। नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा विदेशी नागरिकलाई उडानमा महँगो भाडा लिएकाले चौतर्फी विरोध हुन थालेपछि नेपाली र विदेशी नागरिकलाई समान भाडादर कायम गर्न यसो गर्न लागिएको हो।

विदेशी नागरिककै समान दरमा भाडा कायम गर्न लागेकाले आन्तरिक उडानको केही प्रतिशत भाडा दर वृद्धि गर्न लागेको पर्यटन मन्त्रालयले जनाएको छ। भाडा बढाउने प्रक्रिया अहिले मात्र नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह प्रवक्ता राजन प्रसाद पौडेलले बताए। उनले भने, ‘कोरोना महामारीभन्दा अगाडिदेखि भाडा वृद्धि गर्ने गृहकार्य भइरहेको थियो।

लकडाउनको प्रभाव र व्यवसायीको प्रभावमा नपरी भाडा बढाउन लागिएको छ।’ आन्तरिक उडानको भाडा कति प्रतिशतमा वृद्धि हुने त्यस विषयमा निर्णय भइनसकेको उनले प्रस्ट पारे। वायुसेवा कम्पनीले आन्तरिक उडान खुले पनि उडान अवधिमा निश्चित स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताएको छ। कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रमा असर परेकाले विदेशी पर्यटकका लागि सकरात्मक सन्देश जावस् भन्ने उद्देश्यले भाडा वृद्धि गर्न लागिएको उनले बताए।

‘विदेशी नागरिकलाई केही आकर्षित गर्न सकिन्छ। हामीलाई नेपालमा विभेद रहेनछ भन्ने पार्न नै पहिलो उदेश्य हो,’ उनले अगाडि थपे। सरकारले आन्तरिक उडान क्षेत्रमा यति भाडा बढाउने निर्णय भइनसकेको उनको दाबी छ। २५ प्रतिशत भन्दा कम पनि हुन सक्ने उनको भनाइ छ। थाहा खबर

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com