Home बुलेट न्युज पर्वतमा ‘हेल्लो मोदी गाउँपालिका’ कल सेवा शुरु

पर्वतमा ‘हेल्लो मोदी गाउँपालिका’ कल सेवा शुरु

by ईलालटिन
0 comment

पर्वत । हेलो सरकारको सिको गर्दै पर्वतको मोदी गाउँपालिकाले पनि ‘हेलो मोदी गाउँपालिका’ कल सेवा शुरु गरेको छ । सम्भवत स्थानीय तहहरुमा नेपालमै पहिलोपटक मोदी गाउँपालिकाले ‘हेलो मोदी गाउँपालिका’ कल सेवा शुरु गरेको हो । यस अघि संघीय सरकार र प्रदेश सरकारले कल सेन्टर संचालन गरेको भएपनि स्थानीय तहमा यो पहिलो अभ्यास हुनसक्छ ।

मोदी गाउँपालिकाको कार्यालयमा कार्यारत कर्मचारी, जनप्रतिनिधि, सेवा प्रवाह तथा विकास निर्माणको सम्बन्धमा स्वदेश एवं विदेशमा रहेका यस पालिकाको बासिन्दाहरुको गुनासो र सुझाब लिनका लागि कल सेण्टर संचालन गरिएको मोदी गाउँपालिकाले जनाएको छ ।

कल सेण्टरमा प्राप्त हुने विभिन्न किसिमका जन गुनासो र सुझावहरुको उचित सुनुवाइ गर्न तथा गाउँपालिकाबाट हुने नितिगत निणर्य, कार्य सन्चालन स्थितिको सम्बन्धमा जानकारी लिई सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी एवं गुणस्तरीय बनाउनका लागि हेलो मोदी गाउँपालिका कल सेवा को स्थापना गरिएको प्रमुख प्रशासकिय अधिकृत किसान क्षेत्रीले जानकारी दिए ।

मोदी गाउँपालिकावाट कुनै जानकारी लिन चाहेमा वा सुझाव र गुनासो गर्न चाहेमा नागरिकहरुले विभिन्न माध्यपमको प्रयोग गर्न सक्ने  छन् । नागरिकहरुले कार्यालयमा रहेको गुनासो पेटिकामा लिखित रुपमा गुनासो पेश गर्न सक्नेछन् भने ‘हेलो मोदी’ गाउँपालिकाको सम्पर्क नम्बर ९८५७६६६२११ मा एसएमएस (म्यासेज) गरेर पनि जानकारी लिन सक्ने बताइएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com