Home समाचार नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु

नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ । नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक–एक सैनिक अधिकृत तालिममा समावेश रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मध्यम तहका अधिकृतको नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको उक्त तालिमबाट हालसम्म सेनाका १० हजार ४०, विदेशी ९९, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ र रक्षा मन्त्रालय एकसमेत गरी एक हजार १९४ शिक्षार्थी अधिकृत दीक्षित भइसकेका छन् । बलाधिकृत रथी बालकृष्ण कार्कीले करिब एक वर्ष अवधिको सोमबार उक्त तालिमको शुभारम्भ गर्दै नेतृत्व विकासका लागि तालिम महत्वपूर्ण सावित हुने बताए । सेनालगायतका सुरक्षा फौज माथिल्लो तहको अधिकृतका लागि उक्त तालिम अनिवार्य मानिदै आएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com