Home समाचार नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकता

नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकता

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली जनता दल र  नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकीकरण भएको छ ।​ काठमाडौं आयोजित कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह  र नव नेपाल डेमोक्रेटिक पार्टीका अध्यक्ष अनुप पहाडीले पार्टी एकीकरण पत्रमा  हस्ताक्षर गरेर पार्टी एकता भएको घोषणा गरेका हुन् । दुवै पार्टीले विभिन्न सम्वादपछि एकताको अवस्थामा पुगेको जनाएका छन् । दुवै पार्टीबीच राष्ट्रिय मुद्दा र  विकासबारे समानता रहेको जनाउँदै हरिचरण शाह राष्ट्रिय अध्यक्ष र  अनुप पहाडी संघीय परिषद् अध्यक्ष रहने गरि  पार्टी एकीकरण जनाइएको छ ।

जनयुद्ध जनआन्दोलन लगायतबाट प्राप्त गणतन्त्रको उपलब्धी रक्षा गर्दै समाजवादी क्रान्तिको यात्रामा स्पष्ट र दृढमत रहेको जनाएका छन् । दुई पार्टीबीच विगतका प्रतिगामी कदमको सामना गरेर अघि बढ्ने सहमति भएको छ । एकीकरण पत्रमा  संयुक्त रुपमा हस्ताक्षर गर्दै शाह र पहाडीले संगठनका बाँकी कार्यभार पुरा गर्ने र देशलाई समानता न्यायको बाटोमा डो-याउने प्रतिबद्धता जाहेर गरिएको बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com