Home समाचार सहिद स्मारक सम्पन्न गर्न उच्चस्तरीय समिति

सहिद स्मारक सम्पन्न गर्न उच्चस्तरीय समिति

by ईलालटिन
0 comment

काठमाडौं । निर्माण सुरु भएर डेढ दशकदेखि अलपत्र बनेको राष्ट्रिय सहिद तथा निजामती स्मारक सम्पन्न गर्न मुख्यसचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय तथा निर्देशन समिति गठन गरिएको छ । समितिमा गृह, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय एवं राष्ट्रिय योजना आयोगका सचिव सदस्य र वन तथा वातावरण मन्त्रालायका सचिव सदस्यसचिवका रूपमा रहेका छन् ।

मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयानुसार गोकर्णमा निर्माण सुरु भएको सहिद एवं निजामती स्मारकको काम ६० प्रतिशतभन्दा बढी सम्पन्न भएर अलपत्र अवस्थामा  छ । स्मारक निर्माणका लागि सरकारले रु ३० करोडभन्दा बढी खर्च गरिसकेको छ । -अलपत्र अवस्थामा रहेको संरचना निर्माणमा सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको स्मारक यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले राससलाई जानकारी दिए ।

राष्ट्रिय सहिद उद्यान निजामती स्मारकको एकीकृत वन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ को मस्यौदा तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश भएको पनि उनले जानकारी दिए । -निर्देशिका मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ । प्रस्तावित निर्देशिकाबमोजिम समिति अध्यक्ष सिग्देलको संयोजकत्वमा उद्यान निर्माण कार्यदल सहजीकरण तथा कार्यान्वयन समिति पनि गठन गरिने जनाइएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com