Home समाचार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको छ : मन्त्री आले

दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको छ : मन्त्री आले

by ईलालटिन
0 comment

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी  सहमतिबाट निर्णय हुने बताए ।

उनले विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउनका लागि जग्गा अतिक्रमणका लागि मात्र रु १६ अर्ब विनियोजन भएको जानकारी दिए । एक प्रश्नको जवाफमा मन्त्री आलेले दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचालय, टर्मिनल भवन  र लगेज बेल्टको लागि  बजेट विनियोजन  गरेको बताए । उनले विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएको जानकारी समेत दिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com