Home समाचार सपनामा इशनिन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षिकाको हत्या

सपनामा इशनिन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षिकाको हत्या

by ईलालटिन
0 comment

इस्लामावाद । पाकिस्तानमा केही महिलाहरूले मदरसाकी एक जना शिक्षिकाको हत्या गरेका छन्। अफगानिस्तानसँग जोडिएको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको डेरा इस्माइल खान भन्ने ठाउँमा मंगलबार बिहान तीन जना महिलाले ती २१ वर्षीया शिक्षिकाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। समाचार संस्था एएफपीका अनुसार अर्को मदरसाका ती तीन जना महिलाले प्रहरी बयानमा आफ्नी एक आफन्तले पीडित शिक्षिकाले इशनिन्दा गरेको सपना देखेको बताएकी छन्।

रिक्साबाट मदरसामा पुगेकी शिक्षिकालाई ती महिलाले आक्रमण गरेका थिए। घाँटीमा चक्कु हानेपछि उनको रगत बगेर मृत्यु भएको थियो। पाकिस्तानमा इशनिन्दाको आरोपमा मानिसको हत्या भएको यो पहिलो घटना होइन तर सपनामा इशनिन्दा गरेको भन्दै शिक्षिका मारिएपछि प्रहरीले उनीहरूबीच केही व्यक्तिगत दुस्मनी थियो कि भनेर अनुसन्धान गरिरहेको छ। अलजजिरा टेलिभिजनका अनुसार सन् १९९० यता पाकिस्तानमा इशनिन्दाको आरोपमा ८२ जनाको हत्या भएको छ। केही समयअघि एक जना श्रीलंकन नागरिकलाई इशनिन्दाको आरोपमा कुटीकुटी हत्या गरेर जलाइएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com