Home समाचार ताप्लेजुङबाट हेलिकप्टरमा काठमाडौं ल्याइएका डिएसपी राणाको स्वास्थ्यमा सुधार

ताप्लेजुङबाट हेलिकप्टरमा काठमाडौं ल्याइएका डिएसपी राणाको स्वास्थ्यमा सुधार

by ईलालटिन
0 comment

काठमाडौं । अस्वस्थ भएपछि ताप्लेजुङबाट हेलिकप्टरमा काठमाडौं ल्याइएका डिएसपी बालनरसिंह राणाको स्वास्थ्यमा सुधार भएको छ । ताप्लेजुङमा कार्यरत डिएसपी राणालाई अस्वस्थ भएपछि मंगलबार प्रभु हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

उनको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । आईसीयुमा उपचार भइरहेको र अवस्था सामान्य भएको प्रहरी अस्पता-लकी एआईजी डा.आशा सिंहले रातोपाटीलाई बताइन् । प्रहरी प्रधान कार्यालयले केही दिनअघि राणालाई ट्राफिक प्रहरी महाशाखामा काज सरुवा गरेर ताप्लेजुङमा कैलाश राईलाई पठाएको थियो । तर, राणा काठमाडौंमा हाजिर भैसकेका थिएनन् । राणाको श्वासप्रश्वासमा समस्या देखिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com