काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात मंगलबार १४.२६ अंक घटेर २५२७.५८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा अंक ०.१९ बढेर २५२७.७७ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३३ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ९ स्टकको १० लाख ७१ हजार ५१ रुपैयाँ बराबरको १ हजार ६०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने ३ वटाको शेयरमूल्य घटेको छ। बाँकी एक स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ। मेरोलगानी ।