134
काठमाडौं । परराष्ट्र मन्त्रालयले विभिन्न देशमा पुगेका नेपालका ८१ सम्पदा स्वदेश फर्काएको छ । मंगलबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल बाहिर पुगेका सम्पदाहरू नेपाल भित्र्याउनका लागि घनीभूत रुपमा लागिरहेको जानकारी दिइन् ।
उनका अनुसार तिब्बतबाट २८ वटा, कलकत्ताबाट १३, बेलायतबाट १९, अमेरिकाबाट १७, अष्ट्रियाबाट १, जर्मनीबाट १ गरी विभिन्न मुलकबाट गरेर ७९ सम्पदा नेपाल फिर्ता भएको छ । अमेरिकाका विभिन्न संग्रहालयमा रहेका नेपाली सम्पदा फर्काउनका लागि पनि पहल भइरहेको उनले बताइन् । रातोपाटी ।