Home समाचार लगानीको लागि सहज वातावरण बनाउन एनआरएनएको आग्रह

लगानीको लागि सहज वातावरण बनाउन एनआरएनएको आग्रह

by ईलालटिन
0 comment

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा लगानीका लागि कतिपय जटिलताहरू कायमै रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेको छ । एनआरएनएका अध्यक्ष विनोद कुँवर नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर नेपालमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो । भेटका क्रममा अध्यक्ष कुँवरले विदेशी लगानीका लागि अझैपनि कतिपय प्रावधान झन्झटिलो रहेकाले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरे ।

उनले कम्पनी दर्तामै अनेक झन्झटहरू रहेकाले त्यसमा सुधारको जरुरी रहेको बताए । यस्तै विदेशीले ५ करोड भन्दा कम लगानी गर्न नपाउने व्यवस्था रहेकाले गैरआवासीय नेपालीहरुले साना लगानी गर्न चाहेकोले साना लगानीलाई पनि प्रमोट गरिनुपर्नेमा जोड दिए । सो क्रममा अर्थमन्त्री शर्माले एफडीआई सहजताका लागि आफू लागिपरेको बताए । उनले विदेशमा सिकेको ज्ञान, सिप र पुँजीलाई भित्र्याउन पनि एनआरएनएलाई आग्रह गरे । भेटका क्रममा अध्यक्ष कुँवरसहित जानकी गुरुङ, भुमा लिम्बु जुनु गुरुङ, उमेश कुमार पुडासैनी, थर्कसेनलगायतको सहभागिता रहेको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com