Home समाचार संसदीय बोर्ड गठन र चुनावी तालमेलबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

संसदीय बोर्ड गठन र चुनावी तालमेलबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ।गत शुक्रबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो।आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ।बैठक विशेष गरी स्थानीय चुनावमा केन्द्रित रहनेछ। टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन तथा चुनावी तालमेलबारे बैठकमा छलफल हुनेछ।जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिले शुक्रबारदेखि रिपोर्टिङ गरेका थिए। शुक्रबार २० केन्द्रीय प्रतिनिधिले रिपोर्टिङ गरेका थिए। उनीहरूले गाउँमा कांग्रेसको अवस्थाबारे जानकारी गराएका छन्।

केन्द्रीय समितिमा अरू दलहरूसँग तालमेल गर्नुपर्ने र गर्न नहुनेमा मिश्रित धारणा आएका छन्। प्रदेश सभापतिहरूले भने शुक्रबार नै बोलेर सकेका थिए। उनीहरूले गठबन्धनको औचित्य पुष्टि हुने गरी र भविष्यमा धोका नदिने गरी आवश्यकताका आधारमा अरू दलसँग तालमेल गर्न सकिने राय राखेका थिए। सभापति शेरबहादुर देउवाले पनि गठबन्धन गरेर जानुपर्ने बताइरहेका छन्। सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नेकपा एमालेसँग मिल्न सक्ने भएकोले गठबन्धन कायमै राख्नु कांग्रेसका लागि हित हुने जिकीर देउवाको छ। तर शेखर कोइराला पक्षका नेताहरू भने एक्लै चुनावमा जानुपर्ने बताइरहेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com