Home समाचार दोहोरिन चाहने जनप्रतिनिधिलाई अध्यक्ष तिमिल्सिनाले दिए यस्ता सुझाव

दोहोरिन चाहने जनप्रतिनिधिलाई अध्यक्ष तिमिल्सिनाले दिए यस्ता सुझाव

by ईलालटिन
0 comment

काठमाडौं ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिहरूलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने विचार गर्न आग्रह गरेका छन् । आइतवार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ सभा÷नगर सभा सञ्चालन तथा कानून निर्माण प्रक्रियासम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधिहरुले दोहोरिने इच्छा देखाएर मात्रै नहुने बताए ।

पदमा दोहोरिने भन्दा -पनि आगामी दिनमा के राम्रो काम गर्ने भन्ने विषय महत्वपूर्ण भएको उनले बताए । दोहोरिने चाहना प्रतिनिधिले किन र के का लागि चाहेको हो स्पष्ट हुनुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले आफ्नो पालिका र समाजलाई यस्तो बनाउँछु भन्ने अठोट नगरिकन दोहोरिनुको अर्थ नभएको उनले बताए । उनले भने– ‘मेरो एउटा अनुरोध के छ भने हामी जो पनि राजनीति गर्ने मान्छे म यो जिम्मेवारीमा जान चाहान्छु भन्ने हुन्छ । कर्मचारीमा रहेको पनि कर्मचारीको माथिल्लो जिम्मेवारीमा जान चाहान्छु या कुनै क्षेत्रमा जान चाहाने एउटा कुरा हो । चाहाना हुन्छ, जागिर खाएर केही गरौँ भन्ने कुरा । तर त्यो सँगसँगै त्यतिमात्रैमा सिमित रहेर यो देशको आवश्यकता, आम नागरिकको आवश्यकता पुरा हुँदैन कि ? चाहाना एउटा हो तर किन जाने ?

अहिले हेर्यो भने दोहोरिने अपेक्षाका पात्र धेरै हुन सक्नुहुन्छ ।किन ? कति पटक, किन हुने ? यो देशलाई बनाउनका लागि अब त्यो चाहीँ चाहिएको छ, जसले काम गर्छ । मेरो विनम्र अनुरोध छ, समाजलाई, मेरो पालिकालाई यस्तो बनाउँछु भन्छु अठोट गर्ने कि नगर्ने ? नत्र के अर्थ हुन्छ दोहोरिएर ?’अध्यक्ष तिमिल्सिनाले सरकारले आम नागरिकको जनजीवनमा परिवर्तन- ल्याउन सक्नुपर्नेमा जोड दिए । आम नागरिकमा राजनीतिप्रति सकारात्मक धारणा बनाउन उनीहरुको जीवनस्तर उकास्नका लागि नेताहरुले ध्यान दिनुपर्ने उनले बताए । उनले जनताले पनि निर्वाचनको बेला बेठीक मानिसलाई नचुनी विवेक पु¥याएर जनप्रतिनिधि छान्नुपर्नेमा जोड दिए ।

उनले भने– ‘सत्ता परिवर्तन भइरहेको हुन्छ । आम नागरिकलाई, भारी बोक्नेलाई, गिट्टी कुट्नेले सत्ता परिवर्तनमा चासो राखोस् । त्यो चासो के को लागि भन्दा, मैले भोट हालेको पार्टी, मैले चिनेको मान्छे आओस् भन्नेसँग होइन । मेरो गिट्टी कुट्ने जीवनमा परिवर्तन हुन थाल्यो, अब यसले हुन्छ भन्ने महशुस हुने गरिकन ल्याउँ न हामीले ।’उनले राजनीतिक पार्टीहरुले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कामको मूल्याङ्कन गरेर सो को आधारमा टिकट दिनुपर्ने बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com