Home समाचार चुनावमा सामाजिक सञ्जालमा के–के गर्न पाइँदैन ?

चुनावमा सामाजिक सञ्जालमा के–के गर्न पाइँदैन ?

by ईलालटिन
0 comment

काठमाडौं । निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गराएको निर्वाचनसम्बन्धी आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगबारे स्पष्ट गरिएको छ । आचारसंहिताको परिच्छेद २ अन्तरगत ‘सबैले पालना गर्नुपर्ने आचार’ शीर्षकको व्यवस्थामा दफा ३ बमोजिम व्यक्ति, संस्था, निकाय तथा अधिकारीले विभिन्न आचरणको पालना गर्नुपर्ने भनिएको छ। जसअनुसार सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने स्पष्ट गरिएको छ । यस्तै निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा साइट र एकाउन्ट सञ्चालन गर्न/गराउन पाइने छैन ।

त्यसैगरी सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पर्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, हेट स्पिच दिने, जस्ता भ्रामक टिकाटिप्पणी गर्न रो-क लगाइएको छ भने कुनै प्रयोजनको लागि प्रकाशन वा प्रशारण भएको सूचना सामग्रीलाई तोडमोड गरेर सामाजिक सञ्जालमा शेयर गर्न पनि रोक लगाइएको छ । ‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा त्यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रशारण गर्न वा गराउन नहुने’, पनि आचारसंहितामा भनिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com