Home अर्थ/वाणिज्य प्रधानमन्त्री देउवाले भोली दोश्रो ठूलो सबस्टेशनको उद्घाटन गर्दै

प्रधानमन्त्री देउवाले भोली दोश्रो ठूलो सबस्टेशनको उद्घाटन गर्दै

by ईलालटिन
0 comment

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुककै दोस्रो ठूलो खिम्ती सबस्टेशनको उद्घाटन गर्ने भएका छन् । उनले भोली शनिबार उक्त सबस्टेशनको उद्घाटन गर्ने भएका हुन् । स्वदेशी लगानीमा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना (४५६ मेगावाट) अन्तर्गत निर्माण भएको २२०÷१३२ के. भी. नयाँ खिम्ती सबस्टेशन नेपालको केद्रिय विद्युत प्रणालीमा जोडिएको हालसम्मको दोश्रो ठूलो सबस्टेशनमा पर्दछ ।

-यस सबस्टेशनमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी सहित ५२.४ मेगावाटको लिखु ४ र २४.२ मेगावाटको लिखु ए समेत यस आर्थिक वर्षसम्ममा सफल परीक्षण पछि नेपालको केन्द्रिय विद्युत प्रणालीमा जोडिएको छ । उत्पादन शुरु भए देखि माथिल्लो तामाकोशीबाट २०७८ फागुनसम्म जम्मा ९६ करोड ९० लाख युनिट विद्युत प्रवाह भइसकेको छ । राष्ट्रिय महत्वको यस सबस्टेशनको समुदघाटन प्रधानमन्त्री देउवाले गर्न लागेकोमा माथिल्लो तामाकोशी आयोजनाले खुशी व्यक्त गरेको छ । मेरोलगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com