Home समाचार चैत २४ देखि जनकपुरधाममा मिथिला महोत्सव हुने तय

चैत २४ देखि जनकपुरधाममा मिथिला महोत्सव हुने तय

by ईलालटिन
0 comment

धनुषा ।   मिथिलाको कला, संस्कृति, धार्मिक परम्परा संरक्षण तथा विकासको उद्देश्य सहित जनकपुरधाममा मिथिला महोत्सवको आयोजना हुने भएको छ । बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिथिला महोत्सव यही चैत २४ देखि चैत ३० सम्म हुने जानकारी दिइयो । महोत्सवमा कला संस्कृतिको जानकारीसहित नेपाल तथा मिथिला क्षेत्रका चर्चित स्थानीय कलाकार एवं गायक गायिकाहरुको प्रस्तुतिसमेत रहने  आयोजक पवनराज जोशीले बताए ।

महोत्सवमा कला संस्कृतिसँगै मिथिलाको जनजिविकासँगै विभिन्न खाद्यान्नदेखि कला सीपसहितका सामग्रीहरु समेत प्रदर्शनी गरिने छ । -एक दिनमा चार हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षासहित र प्रवेशका लागि प्रति व्यक्ति ३० रुपैयाँको दरले शुल्क निर्धारण गरिएको अध्यक्ष जोशीले बताए । जनकपुरधामको बाह्र विघा मैदानमा हुने  महोत्सवमा करिब ९४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com