पर्वत । पर्वतको एक विद्यालयमा ‘हाम्रो हरित भविष्य’ कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाहरूको मानसपटलमा जलवायु परिवर्तनको असर बारे जानकारी गराउने उद्देश्य अनुरूप सदरमुकाम स्थित कालीगण्डकी एकेडेमीका विद्यार्थीहरूमाझ कार्यक्रमको आयोजना गरिएको हो ।
लायन्स क्लब अफ पर्वत ब्रिज सिटीको आयोजनामा भएको कार्यक्रममा विद्यालयका आठ, नौ र दश कक्षाका एक सय बढी विद्यार्थीहरूलाई हरित आचार संहिता प्रवर्द्धन गर्ने देखि हरित व्यवहारहरूलाई युवाहरू माझ कसरी पु¥याउने बारेमा जानकारी दिइएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन्स क्लब अफ पर्वत ब्रिज सिटीका को.चिफ एडभाइजर लायन्स बसन्त कुमार कर्माचार्य, विशिष्ट अतिथिमा जोन चियर पर्सन लायन्स ईश्वरी पाठकको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक लायन्स राजेश गिरीको रहेकोमा अध्यक्षता चाहिँ लायन्स संदिपमान श्रेष्ठको रहेको थियो ।
