Home समाचार सरकारले ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्यायो : अष्टलक्ष्मी शाक्य

सरकारले ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्यायो : अष्टलक्ष्मी शाक्य

by ईलालटिन
0 comment

मकवानपुर ।  बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले अलोकतान्त्रिक ढंगबाट आर्थिक वर्षको बीचमा ऐन विपरित २३ सयवटा टुक्रे योजना ल्याएको बताइन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा पार्टीका तर्फबाट आफ्नो धारणा राख्दै सरकारले स्वेच्छाचारी ढंगबाट काम गरेको उनले बताइन् । ‘रकमान्तर गरेर २३ सय वटा टुक्रे योजना ल्याएर स्वेच्छाचारी काम छ । सरकारले संविधान मान्नुपर्दैन । विधि मान्नुपर्दैन’ उनले भनिन् । ‘१० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइन्न् । यो सरकारको नीति हो । तर, यहाँ भयो त ।

संघीय सरकारले पनि भनेको छ नगर भनेर । तर सरकारले नीति नै बाझिने गरेर रकमान्तर गरेर हुन्छ’ उनले थपिन् । सरकारले ५ लाखको दरले योजना ल्याएर चुनाव खर्च बाँड्ने काम गरेको समेत उनले बताइन् । पार्टी निर्माणका लागि योजनाको नाममा सरकारले पैसा बाँडेको उनको आरोप छ । ‘के काम हुन्छ ५ लाखले । भोलि जनताको समक्ष जानुपर्दैन । के भन्छन् जनताले । कार्यकर्तालाई पैसा बाँडेर पार्टी बन्दैन । नेताको सक्रियताले पाटी बन्छ । तपाई आफै सक्रिय हुनुहुन्छ त किन त्यस्तो काम गर्नु हुन्छ । यस्तो बेतिथियुक्त काम नगर्नुस् ।’ उनले भनिन् । आर्थिक वर्षको बीचमा यसरी कार्यक्रम ल्याउन पनि नपाइने भएकाले सरकारले संविधानको पालना गरेर काम गर्नुपर्ने उनको भनाई छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com