Home समाचार कर्णालीमा अध्यादेशबाट ल्याएको बजेट आठ महिनापछि पारित

कर्णालीमा अध्यादेशबाट ल्याएको बजेट आठ महिनापछि पारित

by ईलालटिन
0 comment

सुर्खेत  । कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष २०७८/०७९ को बजेट आठ महिनापछि पारित भएको छ। बजेट ल्याउने प्रयोजनका लागि ल्याइएको अध्यादेश प्रतिस्थापन गरी बजेट पारित गरिएको हो। अध्यादेशमार्फत् ल्याइएको बजेट मंगलबार प्रदेश सभा सदस्यहरुको बहुमतले पारित गरेका छन्। विनियोजन अध्यादेश ०७८ र आर्थिक अध्यादेश ०७८ प्रतिस्थापन गर्न बनेका विनियोजन विधेयक ०७८ र आर्थिक विधेयक ०७८ प्रदेश सभाबाट बहुमतले पारित गरिएको छ।

गत असार १ मा ०७८/०७९ को बजेट पेश गरिएको थियो। त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा अवरोध गरेपछि बजेटमाथि छलफल नै हुन पाएको थिएन।संसदबाट उक्त बजेट पारित नभएपछि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको थियो।यो आर्थिक वर्षको कर्णाली प्रदेश सरकारको बजेट ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार छ। संवैधानिक व्यवस्था अनुसार सदन चल्न नसकेको अवस्थामा ल्याइएको अध्यादेश सदन चलेको ६० दिनभित्र प्रतिस्थापन नगरे निष्कृय हुन्छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com