Home समाचार आगलागीबाट घरभित्र सुतिरहेका एक जनाको मृत्यु

आगलागीबाट घरभित्र सुतिरहेका एक जनाको मृत्यु

by ईलालटिन
0 comment

बर्दिया ।   बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरैनीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीय दिनेश चौधरी छन् । मंगलबार राति १०ः१० मा सानु चौधरीको टिनले छाएको घरमा आगलागी हुँदा घर भित्र सुतिरहेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

आगलागी भएको समयमा १४ वर्षीय चौधरी घरमा एक्लै सुतिरहेका र आगलागी भएको थाहा नभएकाले उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । प्रहरी चौकी कतर्नियाघाट र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले टोलीले १० ः ५५ मा आगो नियन्त्रणमा लिएको थियो । चौधरीको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको डिएसपी शाहीले जानकारी दिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com