पर्वत। पर्वतको सदरमुकाम कुश्मा बजारमा १ सय १२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पर्वत जेसिजले एक कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता विषय एवं नारी सम्मान कार्यक्रममा सम्पन्न गरेको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी नायव निरीक्षक पूर्णिमा थापालाई जेसिजले सम्मान समेत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा कुश्मा नगरपालिकाकी उपप्रमुख सिता कुमारी काफ्ले लामिछाने, विशिष्ट अतिथिमा वडा नम्बर ५ की वडा अध्यक्ष चित्रकला शर्मा भारती र अतिथिहरूमा जेसीजका पूर्व अध्यक्ष लेखनाथ पौड्याल, लायन्स कलव अफ पर्वत कुश्मा सिटिको संस्थापक अध्यक्ष लायन्स सरस्वती भण्डारी, पर्वत जेसिज अध्यक्षीय क्लबका अध्यक्ष राजन जोशी, कुश्मा नगरपालिकाकी शाखा अधिकृत डिलकुमारी शर्मा, लगायतको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता पर्वत जेसिज वर्ष २०२२ की अध्यक्ष जेसी उषा चापागाईँ र सञ्चालन सन्दिपा पौडेलले गरेकी थिइन् । समग्र कार्यक्रमको संयोजन सह–सचिव पूजा अधिकारीले गरेकी थिइन्
