काठमाडौं । पार्टी नेकपा (एमाले) पर्वत-काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलन सम्पन्न भएको छ। पर्वतको पैयौं गाउँपालिकाका शिव पौडेलको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य निर्विरोध निर्वाचित गर्दै सम्मेलन सम्पन्न भएको हो। काठमाडौंमा शनिबार आयोजित सम्मेलनको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रमुख अथितिका रुपमा उद्घाटन गर्नुभएको थियो भने पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यद्वय कलपना चापागाईं, पदम गिरी, जिल्ला अध्यक्ष राजु पौडेल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो।
सम्मेलनले उपाध्यक्ष भरत पौडेल र मिरा शर्मा, सचिवमा अशोक पौडेल, कोषाध्यक्षमा गणेश सुवेदी, उपसचिव शोभा सापकोटा र संगम शर्मा पौडेललाई निर्वाचित गरेको छ। त्यसैगरी मञ्चको सदस्यहरूमा डिल्लीराम सुबेदी, नारायण सुबेदी, भुपाराज सापकोटा, शान्ती कुमारी शर्मा, प्रमोद सुबेदी, इन्दिरा कुमारी शर्मा सुबेदी, युक्ता बि क, टंक प्रसाद सुबेदी, पदम बहादुर कार्की, अनिस्का तिमिल्सिना, भुमीराज चापागाईँ, सुजन सुबेदी, बाबुराम सुबेदी, रमेश भुसाल, अमृत सुबेदी, मनिष सुबेदी टनेश्वोर पौडेल, केशव शर्मा पौडेल, डा. पूजा पौडेल, बिशाल पौडेल, गणेशप्रसाद पौडेल, दुर्गादत्त शर्मा, सूर्यप्रसाद शर्मा, मिलन पोखरेल, प्रशन्त अधिकरी, बिदुर शर्मा पोखरेल, धर्मेन्द्र पोखरेल, बिरेन्द्र विश्वकर्मा, प्रकाश शर्मा, सुदिप शर्मा बस्याल, ठानेश्वोर भट्टराई, श्यामप्रसाद भूषाल, शेरबहादुर क्षेत्री , चिरञ्जिवी भूषाल चयन गरेको छ।
पर्वतबाट काठमाडौंमा आएर बसोबास गर्ने एमाले पार्टी सदस्य, समर्थक, शुभेच्छुकको यस मञ्जले सम्मेलनमा विभिन्न क्षेत्रमा नेतृत्व गरिरहनुभएका विशिष्ट व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो। मञ्चले सम्मेलन सफल बनाउन उपस्थित प्रमुख अथिति तथा पार्टी उपाध्यक्ष पाण्डे, विशेष अतिथि केन्द्रीय सदस्यहरु कल्पना चापागाईं, पदम गिरी, कल्पना थापा, प्रदेश सचिवालय सदस्य विकास लम्साल, जिल्ला अध्यक्ष कमरेड राजु पौडेललगायत पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, गण्डकी प्रदेश सम्पर्क कमिटीबाट उपस्थित नेता, अध्यक्ष मण्डल, निर्वाचन मण्डल,सद्भाव तथा मार्गनिर्देशन गर्नुहुने सम्पूर्णमा हार्दिक आभार तथा कृतज्ञता गरेको छ।