Home पत्रपत्रिका किशोरी बलात्कार प्रकरण : तीन जना पक्राउ

किशोरी बलात्कार प्रकरण : तीन जना पक्राउ

by ईलालटिन
0 comment

बैतडीबैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ परेको छ । पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेका शिक्षक खडक बोहरा, सिगास गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । आज अदालतबाट म्याद थपेर तीनै जनामाथि थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

यसअघि मंगलबार प्रहरीले पीडित किशोरीको उद्धार गरेर जिल्ला सदरमुकाम पुर्याएको थियो । पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ । सिगास गाउँपालिकाकी ती किशोरीले विहे भएको ६ महिनामै बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा १८ बर्षभन्दा कम उमेरका महिलालाई ललाई फकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारबाही हुनेउल्लेख छ । कानुन अनुसार त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com