Home समाचार नेपालमा हरेक वर्ष ३ हजार मृगौलाका बिरामी थपिँदै

नेपालमा हरेक वर्ष ३ हजार मृगौलाका बिरामी थपिँदै

by ईलालटिन
0 comment

काठमाडौं । नेपालमा हरेक वर्ष करिब ३ हजार मृगौला सम्बन्धी रोगका बिरामी थपिँदै गएका छन् ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रकी डा. कल्पना श्रेष्ठले भनिन्, ‘नेपालमा मृगौला सम्बन्धी रोगका बिरामीको संख्या वृद्धि हुँदै गएको छ । केही वर्ष अगाडिसम्म १ हजार २ सयको हाराहारीमा रहेका मृगौला रोगीहरुको संख्यामा वृद्धि भएर अहिले ५ हजार ५ सयको हाराहारीमा रहेको डा.श्रेष्ठको भनाई छ ।

उच्च रक्तचाप र मधुमेहका रोगीको संख्यामा वृद्धि भएसँगै मृगौलाका रोगीको पनि वृद्धि भएको उनले बताइन् । सरकारले राजधानीमा २७ र देशभर ७३ स्थानमा निःशुल्क डायलासिस गर्ने व्यवस्था गरेपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा सोचेजस्तो सेवा प्रवाह हुन सकिरहेको छैन ।  डायलासिस गर्ने एउटा मेसिनको आयु न्यूनतम ८ हजार घण्टा भए पनि नेपालमा १२ हजार घण्टासम्म चल्ने गरेका छन् । केन्द्रमा हाल ३५ वटा यस्ता मेशिन चालू रहेका छन् । ‘प्राविधिक समस्या आएन भने हामी ४० वटासम्म मेशिन दैनिक २४ घण्टा चलाउन सक्छौं,’ डा.कल्पनाले भनिन् ।

‘एकजना बिरामीको हप्ता कम्तीमा दुईपटक डायलासिस गर्नुपर्ने हुन्छ । त्यसका लागि ४ घण्टा समय लाग्दछ । हामीकहाँ अहिले ३ सय ३१ जना पालो कुरेर बस्नुभएको छ,’ डा. कल्पनाले भनिन् । मधुमेह र उच्च रक्तचापको नियमित औषधी सेवन गरिरहेकाहरु वर्षको एक एकपटक भएपनि आफ्नो मृगौला जाँच गर्नु पर्न केन्द्रका डा.सुमित आचार्यले बताएका छन् ।‘खानपानमा ध्यान दिएर दैनिक शारीरिक व्यायाम गर्ने हो भने यस रोगबाट बच्न सकिन्छ,’ डा.आचार्यले भने । नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्नु सबैभन्दा हितकारी हुने उनको भनाइ रहेको छ ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हाल दैनिक १ सय २० जनाको डायलासिस गर्दै आइरहेका केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । ‘केन्द्र स्थापना भएको १० वर्षमा ८ सय २२ जनाको मृगौला प्रत्यारोपण गरिएको छ,’डा. पुकारले भने ।

६ जनाको कलेजो समेत केन्द्रमा प्रत्यारोपण गरिएको छ । पारिवारिक साटासाट अन्र्तगत ३७ जोडीको मृगौला प्रत्यारोपण गरिएको केन्द्रले जानकारी दिएको छ । केन्द्रमा सबैलाई डायलासिस गर्न समस्या भएकाले अन्यत्र १०० सय बेडको डायलासिस केन्द्र सञ्चालन गर्न लागिएको समेत सो अवसरमा जानकारी दिएको छ । गणेशमान वाटिकाको जग्गा भाडामा लिएर ३ महिनाभित्र उक्त केन्द्र सञ्चालन गर्छौ डा. श्रेष्ठले भने । यो वर्षको विश्व मृगौला दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर मनाउने तयारी भइरहेको केन्द्रका निर्देशक डा. श्रेष्ठले जानकारी दिएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com