Home समाचार नोबेल कलेजका अनसनरत १० विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन निर्देशन

नोबेल कलेजका अनसनरत १० विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन निर्देशन

by ईलालटिन
0 comment

काठमाडौं । संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज, विराटनगरका अनसनरत १० विद्यार्थीहरूलाई पढ्न सक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले २५ गते भित्र वा ढिलोमा आगामी एक हप्ताभित्र विद्यार्थीहरूको समस्या समाधान गरेर उनीहरूलाई पढ्न सक्ने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।

समितिको निर्देशन सुनाउँदै सभापति जयपुरी घर्तीले आगामी तीन महिना कलेजले अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि विद्यार्थीहरूको कोर्स पूरा गरिदिनुपर्ने बताइन् । उनले विद्यार्थीहरू पढ्न छोडेर अनसन बस्ने हदसम्म कलेजले पुर्‍याएको भन्दै तत्काल समस्या समाधान गरेर विद्यार्थीहरूलाई पढ्ने वातावरण बनाउन निर्देशन दिइन् । सभापति घर्तीले नेपालमा कानुन आफ्नो हातमा लिएर स्वार्थ पूरा गर्ने काम भइरहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताइन् । उनले कलेजले कानुनतः विद्यार्थीका माग पूरा गर्न नमाने अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइन् ।

समिति सभापति घर्तीले भन्नुभयो, ‘विद्यार्थीहरूलाई अतिरिक्त क्लास को व्यवस्था गरेर छुटेको कोर्स पूरा गराउनु पर्छ । अन्यत्र भए पनि व्यवस्था गरेर त्यसलाई छिटो भन्दा छिटो उनीहरूको पढाई सुरु गर्ने वातावरण सिर्जना गरोस् भन्ने म शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोगलाई समितिको तर्फबाट निर्देशन दिन चाहन्छु । अटेरी गरेको भन्ने हामीले सुनिरहेका छौँ । तपाईंहरू कानुनअनुसार जानुस् । हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौँ, त्यो ऐन अनुसार अघि बढ्नुहोस् । हामी मन्त्रालयलाई पनि निर्देशन पठाउँछौँ । जसरी हुन्छ बच्चाबच्चीलाई तत्काल, एक हप्ताभित्र पढ्न पाउने व्यवस्था गरिदिनुपर्छ ।’ सभापति घर्तीले हरेक मेडिकल कलेजले चिकित्सा शिक्षा ऐनलाई कार्यान्वयन गरेर विद्यार्थीको भविष्यलाई उज्यालो बनाउनु पर्ने बताइन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com