काठमाडौँ । विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन माग भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले आज सूचना निकालेर आवेदन दिन १५ दिने समयसमेत दिएको छ। एक अध्यक्ष र एक महिलासहित तीन सदस्य पदमा नियुक्तिका लागि आवश्यक न्यूनतम योग्यता पुगेकाले आवेदन दिन सक्छन्। आवेदन पेश हुन आउने उम्मेदवारहरूमध्ये कार्ययोजना मूल्यांकनबाट छनौट भई संक्षिप्त सूचीमा परेका ५ जना उम्मेदवारहरूलाई कार्ययोजना प्रस्तुतिका लागि इमेल वा टेलिफोनबाट सूचित गरिने पनि जनाइएको छ। सेतोपाटी ।
विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यमा आवेदन माग
254