Home TV राज्यको आँखा कहिले पर्ने…पर्वतको फलाम खानी उत्खननमा केले रोक्यो ?

राज्यको आँखा कहिले पर्ने…पर्वतको फलाम खानी उत्खननमा केले रोक्यो ?

by ईलालटिन
0 comment

पर्वतको महाशिला गाउँपालिका ६ स्थित फलामखानीमा रहेको फलामखानी सरोकारवालाहरूको बेवास्ताका कारण गुमनाम अवस्थामा पुगेको छ ।

२०१० साल सम्म यहाँका स्थानीयहरूले फलामखानीमा काम गर्थे । उनीहरूको आर्थिक उपार्जनको माध्यम भनेकै खानीबाट फलाम उत्खनन गर्नु र बेच्नु थियो ।

त्यस समय अत्यधिक वन विनाशको कारण देखाउँदै फलाम खानीबाट फलाम उत्खननमा रोक लगाइएको भनिए पनि त्यसको आधिकारिकता चाहिँ केही छैन ।

अहिले फलाम भएको सुरुङसम्म पुग्ने वातावरण छैन । बाटोहरू पहिल्याउन मुस्किल छ । हामीले फलामखानीमा काम गर्ने एक जना बुवासँग उहाँको अनुभवहरू क्यामरामा कैद गरेका छौँ ।

यस गाउँमा खानीभित्र पसेर काम गर्ने केही जना मात्र जीवित रहेका छन् ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com