काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसदहरू संसद भवन नयाँ बानेश्वर पुगेका छन्। आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक राखे पनि दुई घन्टा अघि नै सांसदहरू बानेश्वर पुगेका छन्। -कांग्रेस संसदीय दलले ११ बजे संसद भवन पुग्न निर्देशन दिएको थियो।
११ बजेभित्रै संसद भवन पुग्न पार्टीले भनेअनुसार आफूहरू बानेश्वर आएको कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले जानकारी दिए। -आज प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुँदैछ। सत्तारूढ गठबन्धनले एमसिसी पारित गर्ने तयारी गरेका छन्। सेतोपाटी ।