Home समाचार प्रचण्डको निर्णय वैधानिक छैन : नेता न्यौपाने

प्रचण्डको निर्णय वैधानिक छैन : नेता न्यौपाने

by ईलालटिन
0 comment

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसीसीबारे अध्यक्ष प्रचण्डको निर्णयको वैधानिकतामाथि प्रश्न उठाएका छन् । पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेसँगै न्यौपानेले यस्तो बताएका छन् । ‘हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन । आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।  उनले केन्द्रीय समितिले गर्ने निर्णयबाहेक अरु वैधानिक हुन नसक्ने पनि बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरिएको छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष- मात्र बनेको अवस्था छ । एकातिर केन्द्रीय समितिको बैठक बसाल्दै नबसाल्ने अर्कोतिर एमसीसी जस्तो मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ?’, न्यौपानेले भनेका छन्, ‘माओवादी राष्ट्रघात गर्ने पार्टी होइन । माओवादी एकाध व्यक्तिको निजी क्लब होइन ।’ न्यौपानेले एमसीसी पास गर्न नहुने बताउँदै आएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com