Home कला पल काण्डः सामान्य सोधपुछपछि सुदर्शन छुटे

पल काण्डः सामान्य सोधपुछपछि सुदर्शन छुटे

by ईलालटिन
0 comment

काठमाडौं । चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ । नयाँ बानेश्वरबाट पल शाहका बारेमा सोधपुछ गर्न नियन्त्रणमा लिइएका थापालाई छाडिएको प्रहरीले जनाएको छ । शाहविरुद्ध एक नाबालिक गायिकाले जवरजस्ती करणीको मुद्दा दायर गरेपछि फरार रहेका छन् ।

प्रहरीले उनको खोजीकार्य तीव्र पारेपछि भेटाउन सकेको छैन् । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक थापालाई शाहको बारेमा ससोधपुछ गर्न बोलाइएको प्रहरीले जनाएको छ ।

प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई नियन्त्रणमा लिइएको थियो । सामान्य सोधपुछका क्रममा प्रहरीले पलसँग सम्पर्क भए/नभएको बारेमा जानकारी दिएर सहयोग गर्न आग्रह गरेको उनले बताए ।

उनले अहिले आफ्नो सम्पर्क नभएको प्रहरीलाई बताएका छन् । उनीसँग सम्पर्क भए जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।

नेपाल प्रेस

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com