Home विशेष पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा हुने

पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा हुने

by ईलालटिन
0 comment

पर्वत । कुश्मा स्पोर्टस क्लबको आयोजनामा पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी चैत २२ देखि २६ गतेसम्म हुनेछ।

कोभिड–१९ संक्रमणको जोखिम कम हुँदै गएकाले खेल क्षेत्रलाई चलायमान बनाउन र खेलाडीहरूलाई पनि जागरूक बनाउन प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष विक्रम श्रेष्ठले बताए। पर्वतमा रहेको खेल मैदानमा २०५८ सालमा सशस्त्र प्रहरी बलको गण राखिएपछि खेल मैदानको अभावमा रहेकोमा हालै मात्रै व्यवस्थित मैदान बनाएपछि प्रतियोगिताको आयोजना गरिएको हो।

‘यहाँका खेलाडीहरूलाई अभ्यास गर्ने ठाउँको अभाव थियो। अहिले प्रदेश सरकारले पाँच लाख दिएपछि बडागाउँको मैदानलाई व्यवस्थित बनाएका छौँ। यही कारण पनि बल्ल प्रतियोगिताको आयोजना गरिएको हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘कोभिडका कारण बन्द अवस्थामा रहेको खेल क्षेत्रलाई चलायमान बनाउन पनि प्रतियोगिताको आयोजना गरिएको हो।’

प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए। प्रदेशका सबै जिल्लाबाट कम्तीमा पनि एक टिम सहभागी गर्ने तयारी गरिएको र टिम पुगेमा एकभन्दा बढी पनि सहभागी हुन पाइने छ।

नक आउटको आधारमा खेलाइने उक्त खेलमा कम्तीमा पनि २० समूहले प्रतिस्पर्धा गर्न सक्ने आयोजकले बताएको छ। समूह दर्ताका लागि आठ हजार रुपैयाँ तोकिएको र बाहिरी जिल्लाबाट आएका खेलाडीहरूलाई बसाई व्यवस्थापनको लागि केही सहयोग गर्ने गरी प्रयास भइरहेको अध्यक्ष श्रेष्ठले बताए।

करिब १५ लाख खर्चको अनुमान गरिएको प्रतियोगिता सञ्चालन गर्नका लागि स्थानीय तहहरूसहित सरकारी र निजी संघ संस्थाहरूलाई सहयोगदाताका रूपमा हेरिएको छ।

सेभेन ए साइड भएका कारण प्रतियोगितामा सहभागी समूहबाट सात जना खेलाडी मात्रै मैदानमा उत्रिने छन्। यो खेलका लागि ४० मिनेटको समय निर्धारण गरिएको हुन्छ। थाहाखबर ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com