Home समाचार दूतावासको ‘उजुरी’मा यूएईमा नेपाली पत्रकार पक्राउ, महासंघद्वारा ध्यानाकर्षण

दूतावासको ‘उजुरी’मा यूएईमा नेपाली पत्रकार पक्राउ, महासंघद्वारा ध्यानाकर्षण

by ईलालटिन
0 comment

संयुक्त अरब इमिरेट्स । वैदेशिक रोजगारीमा रहेर यूएईबाट पत्रकारिता समेत गर्दै आएका  उमाकान्त पाण्डेलाई यूएई प्रहरीले पक्राउ गरेको छ । नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर  युएई प्रहरीले उनलाई पक्राउ गरेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले नेपाली दूतावासकै उजुरीमा प्रहरीले पक्राउ गरेको पनि बताएको छ ।पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा लेखिएको स्ट्याटसलाई लिएर  युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको जानकारी प्राप्त भएको छ ।

पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा  युएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासंघलाई जानकारी गराएको छ’, महासंघका महासचिव रोशन पुरीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र  युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरित हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ । -महासंघले यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएको छ ।  उनी गत मंगलबार पक्राउ परेको बताइएको छ। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com