Home समाचार ओलीलाई भेट्न बालकोट पुगे अमेरिकी राजदूत

ओलीलाई भेट्न बालकोट पुगे अमेरिकी राजदूत

by ईलालटिन
0 comment

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच मंगलबार साँझ भेटवार्ता भएको छ। साँझ ५ बजे ओली निवास बालकोटमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।

भेटमा राजदूत बेरीले अमेरिकी सहयोग परियोजना एमसिसीबारे चासो राखेका थिए। उनले एमसिसी पारित हुनुपर्नेमा जोड दिएका थिए। जवाफमा ओलीले आफ्नो पार्टी जिम्मेवारीमा नरहेकाले त्यो सत्तारूढ गठबन्धनको हातमा भएको बताए। प्रतिनिधिसभामा आइतबार एमसिसी टेबल भएको थियो। प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com