Home समाचार म्याद गुज्रेको बिस्कुट बेचेको आरोपमा ललितपुरको ‘स्पर्श फुड’मा सिल

म्याद गुज्रेको बिस्कुट बेचेको आरोपमा ललितपुरको ‘स्पर्श फुड’मा सिल

by ईलालटिन
0 comment

काठमाडौं ।  बजारबाट फिर्ता भएका कुकिज र पाउरोटीबाट पुनः कुकिज टोष्ट तथा बिस्कुट उत्पादन गरेको आरोपमा प्रहरीले ललितपुरको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ्ग’मा सिल गरेको छ । ललितपुरको सुनाकोठीमा सिन्धुपाल्चोक घर भएका ४४ वर्षीय नर बहादुर श्रेष्ठले संचलन गरेको कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण प्रसाद कोइरालाले रातोपाटीलाई बताए ।

ललितपुर महानगरपालिका–२७ मा अखाद्य विस्कुट उत्पादन गर्ने श्रेष्ठलाई माघ ६ मा अपराध महाशाखाले ६५ सय लिटर नक्कली मह सहित पक्राउ गरेको थियो । प्रहरीले काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठमा उनले संचालन गरेको मह कारखानामा छापा मारेको थियो । ‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टामा टाँसेको तर, सो ब्राण्ड सरकारी निकायमा दर्ता गरेको भेटिएको छैन् । चिनि र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर उनले मह उत्पादन गर्थे ।

२०७१ देखी सुनाकोठी स्थित ओखरबोटमा उनले ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ’ संचालन गर्दै आएका थिए । सो कम्पनीमा पाउरोटी र कुकिज उत्पादन गरेर बजार पठाउने र बजारमा विक्री नभएर फिर्ता नभएका सामानलाई धुलो बनाएर पुनः कुकिज टोष्ट र बिस्कुट बनाएर बजारमा पठाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ३ वर्ष पुरानो कुकिजलाई धुलो बनाएर  कुकिज, बटर क्रेकर र काजु बिस्कुट बनाउने गरेको एसपी कोइरालाले बताए । पुराना पाउरोटीलाई श्रेष्ठले क्रन्ची र चिकेन टोष्ट बनाएर पनि प्रयोगमा ल्याउँथे । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com