Home समाचार धर्मसापेक्ष राष्ट्र माग गर्दै सर्वोच्चमा रिट

धर्मसापेक्ष राष्ट्र माग गर्दै सर्वोच्चमा रिट

by ईलालटिन
0 comment

काठमाडौं । नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै अधिवक्ता तुलसीराम पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । अधिवक्ता पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिए ।

उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको र धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको बताए । अधिवक्ता पोखरेलले वैदिक सनातन संस्कृति र निरपेक्षताको बीचमा बाझिएको छ भनेर आफूले सर्वोच्चमा रिट निवेदन दायर गरेको बताए । संविधानको धारा, ४ को उपधारा, १ अन्तर्गतको स्पष्टीकरणको खण्डमा धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृति संरक्षण गर्ने उल्लेख गरिएको उनको भनाइ छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com