Home समाचार पत्रकारले फोन गर्दा शान्ति सुरक्षा भङ्ग गरेको आरोपमा प्रहरीको सोधपुछ

पत्रकारले फोन गर्दा शान्ति सुरक्षा भङ्ग गरेको आरोपमा प्रहरीको सोधपुछ

by ईलालटिन
0 comment

काठमाडौं । ललितपुर प्रहरीले पत्रकार माधव पौडेललाई रातको समयमा शान्ति सुरक्षा भंग गरेको भन्दै बयानका लागि बोलाएकोमा समाजवादी प्रेस संगठन नेपालले आपत्ति जनाएको छ । पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, समाजवादी प्रेस संगठन नेपालका संस्थापक तथा लेखा आयोगका संयोजक, नेपाल फेस डटकमका प्रधान सम्पादक हुन् ।

संगठनका महासचिव भुपराज खड्काले आइतबार विज्ञप्ति जारी प्रधान सम्पादक पौडेल एक समाचारको विषयलाई लिएर आकृति रायमाझी नामक महिलालाई मोबाइल फोनमा सम्पर्क गरेर प्रतिकृया मागेकोमा जवाफ दिनुको सट्टा निज महिलाले प्रहरीमा ‘शान्ति सुरक्षा भङ्ग’ गरेको उजुरी गरेको बताएका छन् । सोही आधारमा फागुन ७ गते शनिवार बेलुका राती पौडेललाई महानगरीय प्रहरी परिसर ललितपुरले सोधपुछका लागि बोलाएको थियो ।

‘पत्रकारले समाचारको संकलन तथा सम्प्रेषणका सिलसिलामा समाचारसँग सम्बन्धित व्यक्तिको प्रतिक्रिया लिन पाउनु उसको निर्विवाद अधिकार हो । आफ्नोबारे उठेको प्रश्नको जवाफ दिनुको सट्टा प्रहरी सेवाको दुरुपयोग गर्दै उजुरी गर्नु अनुचित क्रियाकलाप भएको संगठनको ठहर रहेको छ’, संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  साथै प्रहरीले व्यक्तिलाई प्रश्न गरेको नाममा उल्टै पत्रकारलाई सोधपुछका लागि भनी रातको समयमा बोलाउनुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रुपमा लिँदै यस्तो कार्यप्रति सो संगठन खेद व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी गतिविधि बन्द गर्न समेत अपिल गरेको छ ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com