270
पर्वत । पर्वतका प्रतिभावान् सर्जक तथा लोक गायक दीपक पौडेल ‘कान्छा’ले ‘डालीको चरी’ बोलको लोकदोहोरी गीत बजारमा ल्याएका छन् । पञ्चेबाजा माया मारेर, जनचेतनामूलक ‘उठौँ साथी’, लगायत आधा दर्जन बढी गीत बजारमा ल्याएका उनले शुक्रवार ‘डालीको चरी’को आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, सङ्गीत र लगानी भएको यस गीतमा लोकप्रिय गायक सूर्य खड्का र गायिका सम्झना भण्डारीले आवाज दिएका छन् ।