Home समाचार माओवादी केन्द्रका भ्रातृ संस्थाले एमसीसीविरुद्ध आज पनि प्रदर्शन गर्दै

माओवादी केन्द्रका भ्रातृ संस्थाले एमसीसीविरुद्ध आज पनि प्रदर्शन गर्दै

by ईलालटिन
0 comment

काठमाडौं ।  प्रमुख सत्ता साझेदार माओवादी केन्द्रका भ्रातृ संगठनले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएको छ । शुक्रबार मध्यान्ह १२ बजे माओ-वादी केन्द्रका भ्रातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) र अनेरास्ववियु (क्रान्तिकारी)ले नयाँ बानेश्वरमा प्रदर्शन गर्ने लागेका हुन् ।

वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले एमसिसीविरुद्ध आज १२ बजे नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि प्रदर्शन गरिने बताए । आज दिउँसो १ बजे प्रतिनिधि-सभा बैठकमा एमसीसी टेबल गराउन सत्ताको नेतृत्वकर्ता काँग्रेसले जोड गरिरहेका बेला माओवादी केन्द्रका भ्रातृ संस्था आन्दोलनमा उत्रिएका छन् । -सत्ता गठबन्धनमा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गराउन नहुने अडान दिएको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी टेबल गरिए सरकार छोड्ने निर्णय गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com