Home समाचार बानेश्वरमा वाईसीएल र क्रान्तिकारीको प्रदर्शन पार्टीकै सल्लाहमा

बानेश्वरमा वाईसीएल र क्रान्तिकारीको प्रदर्शन पार्टीकै सल्लाहमा

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा माओवादीको दुई भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाईसीएल) ले शुक्रबार पनि राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।  सत्ता गठबन्धनमा सहमति बिनै सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा क्रान्तिकारी र वाईसीएलले प्रदर्शन गर्न लागेको हो। मध्यान्ह १२ बजे बानेश्वरमा प्रदर्शन गर्ने तय भएको अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गर्न सहयोग नगर्ने बताइसकेको छ भने माओवादीको असहयोग पछि पनि प्रधान-मन्त्री  शेरबहादुर देउवा एमसीसी टेबल गरिछाड्ने अडानमा रहेका छन् । बुधबारको सत्ता गठबन्धनको बैठकमा माओवादीले एमसीसीको पक्षमा नरहेको बरु सरकार छाड्न तयार रहेको बताएको थियो । यही क्रममा वाईसीएल र क्रान्तिकारीले पार्टीकै सल्लाहमा प्रदर्शन गरेको बताइएको छ । सिंहले पनि आफूहरुले पार्टीसँगको सल्लाह र सहमतिमै विरोध प्रदर्शन गरेको बताइन् । माओवादीको भ्रातृ संगठनले बुधबार पनि बानेश्वरमा प्रदर्शन गरेका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com