Home बुलेट न्युज पाँच महिना पछि खुले भारतका मेट्रो रेल

पाँच महिना पछि खुले भारतका मेट्रो रेल

by ईलालटिन
0 comment

एजेन्सी
नयाँ दिल्ली ।
कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेका भारतका मेट्रो रेलहरूले सोमबार बिहानबाट आफ्नो सेवा सुरू गरेका छन्। कोरोना भाइरसको महामारी सुरू भएपछि बन्द भएको मेट्रो सेवा आज बिहान ७ बजेदेखि संचालनमा आएको हो।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार राजधानी दिल्लीको मेट्रो बिहान ७ बजेबाट संचालनमा आएको छ भने बेङ्लोरमा ८ बजेदेखि मेट्रो चल्न थालेको छ। यस्तै लखनउ र नोएडाले पनि बिहान ७ बजेबाट मेट्रो सेवा सुरू गरेका छन्।

भारतको केन्द्र सरकारले कोरोना भाइरसका कारण लगाइएको लकडाउनलाई चरणबद्ध रूपमा खोल्ने योजनाको चौथो चरण अन्र्तगत सोमबारबाट त्यहाँ मेट्रो सेवाहरू पुनः सुरू भएका हुन्। भारतले मेट्रो संचालन गर्दा पालना गर्नुपर्ने सर्तहरू गत महिना सार्वजनिक गरेको थियो।

मेट्रो सुरू भएपछि हुने सेवाग्राहीको सम्भावित भिडलाई नियन्त्रण र नियमन गर्न बिहानैदेखि मेट्रो स्टेशनहरूमा प्रहरीहरू खटाइएको छ। मेट्रो सेवा लिनेहरूले अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ भने सामाजिक दूरीलाईसमेत पालना गर्नुपर्नेछ।

यस्तै मेट्रो प्रयोगका लागि अनलाइन रिचार्च गर्न मिल्ने स्मार्ट कार्डलाई अनिवार्य गराइएको छ भने यसअघि प्रयोगमा रहेको टोकन प्रणाली खारेज गरिएको छ। भारतले मेट्रो सेवालाई चरणबद्धरूपमा खोल्ने योजना बनाएको छ। त्यहाँको मेट्रो सेवा पहिले झै खुल्न भने केही समय लाग्नेछ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com