Home बुलेट न्युज सङ्घीयता सफल पार्न निजामती सेवाको अर्थपूर्ण भूमिका : मुख्यमन्त्री गुरुङ

सङ्घीयता सफल पार्न निजामती सेवाको अर्थपूर्ण भूमिका : मुख्यमन्त्री गुरुङ

by ईलालटिन
0 comment

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताएका छन् ।

१७औं निजामती सेवा दिवस २०७७ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण निजामती कर्मचारीमा हार्दिक बधाई तथा सुस्वास्थ्य, समृद्धि, उत्तरोत्तर प्रगति एवं पेशागत मर्यादा अभिवृद्धिका लागि शुभकामना व्यक्त गरे ।

राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निजामती सेवाले निर्वाह गर्दै आएको हुँदा सङ्घीयतालाई सफल पार्न तथा सरकारले लिएको ‘समृद्ध नेपाली, सुःखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा समेत यस क्षेत्रको भूमिका अर्थपूर्ण रहेको मुख्यमन्त्रीले उल्लेख  गरेका छन् ।

जनताको आकाङ्क्षाबमोजिम सुशासन र विकासको लक्ष्य हासिल गर्न दृढ राजनीतिक इच्छाशक्ति भएको राजनीतिक नेतृत्व र पारदर्शी, जवाफदेही, परिणाममुखी र सूचना प्रविधिको अधिकतम प्रयोग गर्न सक्षम प्रशासन अपरिहार्य रहेकामा समेत उनले जोड दिए ।रासस

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com