Home पत्रपत्रिका यी खानेकुरा फ्रिजमा नराखेकै राम्रो

यी खानेकुरा फ्रिजमा नराखेकै राम्रो

by ईलालटिन
0 comment

गर्मीको समयमा खानेकुरा छिटै बिग्रने समस्या हुन्छ । त्यसैले खाना नबिग्रियोस भन्नका लागि हामीले फ्रिजको प्रयोग गछौं । तर कतिपय खानाहरु हामीले फ्रिजमा नराख्दा नै राम्रो हुन्छ । किनकी फ्रिजमा राखेका खानेकुराले हाम्रो स्वास्थ्यमा असर गर्दछ । जस्तै,

  • निबुवा र सुन्तला

निबुवा, सुन्तला र कागतीलाई फ्रिजमा राख्दा यसमा दाग आउछ र स्वाद पनि फेरिन्छ ।

  • मह

फ्रिजमा राख्दा मह गाढा हुन्छ र यसमा क्रिस्टल बन्न थाल्छ ।

  • स्याउ

फ्रिजमा राख्दा यसमा रहेको एन्जाइम सक्रिय हुन्छन् र स्याउ चाँडै पाक्छ ।

  •  कफी पाउडर

यसले फ्रिजमा राखिएका अन्य वस्तुहरुको वास्ना सोस्छ र यसको आफ्नो वास्ना कम हुन्छ ।

  • प्याज

प्याजमा चिसोपना धेरै हुन्छ र फ्रिजमा राख्दा यसको बोक्रा गल्छ अनि छिटै कुहिने हुन्छ ।

  • जैतुनको तेल वा अन्य तेल

जैतुनको तेल वा अन्य तेल खान मात्रै होइन, कपाल र शरीरमा प्रयोग गर्ने गरिन्छ । तर, यसलाई कहिल्यै फ्रिजमा राख्नु हुँदैन । कम तापक्रममा राख्दा यस्तो प्राकृतिक गुण नष्ट हुन्छ ।

  • पाउरोटी वा ब्रेड 

फ्रिजभित्रको चिसो तापक्रमले पाउरोटीमा डिहाइड्रेसनको प्रक्रिया छिटो हुन्छ । यसबाट पाउरोटी चाँडै सुक्छ र बिग्रन्छ ।

  • अण्डा

धेरै दिनसम्म अण्डालाई फ्रिजमा राख्दा यसको योक सुक्छ र प्राटिनको मात्रा हराउँदै जान्छ ।

  •  केरा

यसबाट इथाइलिन ग्यास निस्किन्छ जसले आसपासका फलहरुलाई चाँडै पकाइदिन्छ ।

  • फ्रिजमा राखेको पानी

मानिसहरु गार्मी लागे संगै चिसो पानी पिउन रुचाउने गर्छन । तर फ्रिजमा राखेको पानीले स्वास्थमा निकै खराब गर्ने गर्दछ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com